पछिल्लो २४ घण्टामा गुल्मीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना संक्रमण मुक्त
  • गोकर्ण पाण्डे

  • गुल्मी । गुल्मीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ।
    पछिल्लो २४ घण्टामा ७१ जना कोरोना संक्रमण मुक्त भएका छन्।

    अहिले सम्म कुल ९०० जना कोरोना जितेर घर फर्किएको सि आइ सिटि अफिसर सुजन ढकालले जानकारी दिनुभयो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।एन्टीजेन परिक्षण गर्दा ३० जना र पिसियार परिक्षण गर्दा २ गरि ३२जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ।त्यस्तै जिल्लामा दोस्रो लहर सुरु भए देखि कोरोना संक्रमणका कारण ६८जनाले ज्यान गुमाई सकेका छन्।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images