२ हजार ११९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?
  • SNN Nepal

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ११९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ६७२ कोरोना संक्रमितको आईसीयूमा र ४४७ को भेन्टिलेटरमा गरी कुल २ हजार ११९ जना उपचाररत छन्।

    मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २१० जना आईसीयूमा र ५३ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १८६ आईसीयूमा र ३८ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ८४९ जना आईसीयूमा र २७९ जना भेन्टिलेटरमा छन्।

    गण्डकी प्रदेशमा १५६ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १८० जना आईसीयूमा र २२ जना भेन्टिलेटरमा, कर्णालीमा ५५ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३६ जना आईसीयू र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images