आमासहित छोराछोरी मृतावस्थामा भेटिए
  • SNN Nepal

  • प्युठान । प्युठानमा एकाघरका आमा सहित छोराछोरी मृतावस्थामा जङ्गलमा भेटिएका छन् । प्युठान नगरपालिका –२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका– १ स्थित चेरनेटा नजिकका जङ्गलमा झुण्डिएको अवस्थामा तीनैजनालाई फेला परेको हो ।

    गायत्री सोमबार साँझ स्वर्गद्वारी नगरपालिका –८ स्थित हदचौरमा माइती जान भनेर घरबाट निस्किएकी ससुरा गिरबहादुर सुनारले बताए ।

    उनले छोरा रोजगारीका लागि भारतमा रहेको जानकारी दिए । ती शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गैरेले जानकारी दिए ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images