एसियाली पूर्वाधार बैंकद्वारा बंगलादेशलाई २६ करोड ऋण प्रदान
  • SNN Nepal

  • ढाका । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले बंगलादेशमा आर्क स्टिल पुल निर्माणका लागि २६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बंगलादेशमा यस किसिमको यो पहिलो पुल हो ।

    बेइजिङस्थित एआईआईबीको कार्यालयले जारी गरेको विज्ञप्तिमा केवटथली पुलको निर्माणले बंगलादेशको उत्तरी शहर मिमेनसिंहको बढ्दो ट्राफिक समस्या सुल्झाउन ठूलो मद्दत गर्ने उल्लेख छ ।

    यसबाहेक, यो पुल ढाका–मिमेनसिंह–भारत सीमा कोरिडरको एक हिस्सा पनि हुनेछ र यो पुल स्थानीय एवं क्षेत्रीय सम्पर्क सञ्जालका लागि रणनीतिक महत्वको रहेको छ ।

    पुलको निर्माण सम्पन्न भएपश्चात् उत्तरी क्षेत्रका करिब एक करोड १० लाख मानिसलाई स्थानीय र क्षेत्रीय यात्राका लागि ठूलो मद्दत पुग्ने एआईआईले जनाएको छ ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images