तीन दिन भित्र जवाफ पठाउन भन्दै जसपा अध्यक्ष ठाकुरले सोधे यादवलाई स्पष्टीकरण
  • SNN Nepal

  • काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई तीन दिनको समय दिएर जवाफ पठाउन स्पष्टीकरण सोधेका छन् ।

    उनले विगत केही दिनहरुमा तपाइँको काम कारबाही र क्रियाकलापहरु पार्टीको मुल्यमान्यता, नीति तथा विधान विपरित भइरहेको हुँदा पार्टीको विधानको ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार स्पष्टीकरण सोधेका छन् ।

    उनले विभिन्न ७ वटा विषयहरुको तीन दिनभित्र पार्टी कार्यालयमा जवाफ पठाउन भनेका छन् ।

    मंगलबार सोधिएको स्पष्टीकरणमा गुटगत बैठक, लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यहरुमाथिको कारबाही, सर्वोच्च अदालतमा पार्टी निर्णयविना गठबन्धनको रिटमा हस्ताक्षर गरेको लगायतका विषयमा जवाफ माग गरिएको छ ।

    यस्तो छ पत्र

     

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images