बागमती प्रदेशमा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु
  • SNN Nepal

  • काठमाडौ । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन ४६ जनाको मृत्य भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा १४ जना महिला र ३२ जना पुरुष गरि कुल ४६ जनाको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरका रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार काठमाडौंका १३ जना पुरुष र ४ जना महिला गरी कुल १७ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।
    त्यस्तै ललितपुरका ६ जना र भक्तपुरमा ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रलायले जनाएको छ ।

    त्यस्तै काभ्रेका ५ जना, नुवाकोटका ३ जना, धादिङ र दोलखा र रामेछापमा २÷२ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरु ३६ देखि ९२ वर्ष उमेर समूहका रहेका छन् ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images