एसियन बक्सिङ च्याम्पियनसीपमा नेपालले सहभागिता जनाउने
  • SNN Nepal

  • छिमेकी राष्ट्र भारतको नयाँदिल्लीमा यही मे २१ देखि ३१ तारिकसम्म सञ्‍चालन हुने एसियन बक्सिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।

    एसियन बक्सिङ कन्फेडेरेशन अन्तर्गतको यो प्रतियोगिता एसियाकै सबैभन्दा ठूलो बक्सिङ प्रतियोगिताको रुपमा स्थापित भएको छ । विश्व बक्सिङको सर्वोच्च निकाय एआईबीएले सोमबार एसियामा २०२१ को पहिलो बक्सिङ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो ।

    एआईबीएको तौल समूह अन्तर्गत रहेका महिला तथा पुरुषको छनोटका लागि बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगरको संयोजकत्वमा ५ सदस्य छनोट समिति गठन गरिएको छ ।

    १९ वर्षदेखि ४० वर्षसम्मका खेलाडीहरु छनोट प्रक्रियामा सहभागी हुन पाउने नेपाल बक्सिङ संघले जनाएको छ ।

    यहि चैत्र २९–३१ गतेसम्म सातदोबाटोस्थित बक्सिङ हलमा हुने खुला छनोट खेलमा सहभागिता जनाउनका लागि मातहतका जिल्ला बक्सिङ संघ,क्लब र विभागीय टिमलाई तयारी थाल्न संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images