नक्कली सेनिटाइजर बेचेको आरोपमा स्याङ्जामा एकजना पक्राउ
  • SNN Nepal

  • स्याङ्जा । स्याङ्जामा नक्कली सेनिटाइजर बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पुतलीबजार–१ का ४७ वर्षीय देवेन्द्र पौडेल रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होबिन्द्र बोगटीका अनुसार नक्कली सेनिटाइजर बेच्दै गरेको अवस्थामा पौडेललाई पक्राउ गरिएको हो ।

    पौडेलले जिल्ला सदरमुकाममा मित्र काफ्लेको घरमा कोठा भाडामा लिई नक्कली सेनिटाइजर कारोबार गर्दै आएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    पौडेलको कोठाबाट डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगको लेबल लगाइएको ह्यान्ड​ सेनिटाइजर ९० लिटर र ग्लोबल हेल्थ केयर भारत लेखिएको लेबल लगाइएको ह्यान्ड सेनिटाइजर ९० लिटर बरामद गरिएको एसपी बोगटीले बताए ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images