कर्णाली करिडोरको फुगाड खोलामा पुल नबन्दा स्काभेटरको बकेटमा राखेर यात्रुलाई वारपार गराउन बाध्य
  • SNN Nepal

  • कालीकोट । जमुना–हिल्सा जोड्ने कर्णाली करिडोरको फुगाड खोलामा पुल वगाएको एघार महिना पुगेको छ । तर अहिलेसम्म पुल पुनःनिमार्ण नहुँदा पानी परेको दिनमा स्काभेटरको साहयताले आवतजावत गर्नुपरेको छ । नयाँ वर्ष लागेसंगै पानी पर्न थालेपछि फुगाडखोलामा पानीको वहाव पनि निकै वढेको छ । पानी वढेसंगै स्थानीयलाई आउजाउ गर्न कठिन हुन थालेको हो ।

    पानी वढेका कारणले खोलावाट गाडीसमेत जान नसकेपछि स्काभेटरको बकेटमा मानिसलाई राखेर तार्ने गरिएको छ । कर्णाली करिडोर निमार्णको जिम्मा नेपाली सेनाले लिएको छ । अव आउने असारमा सडक पूरा गरेर नेपाली सेना फिर्ता जाँदैछ । तर गत साउनमा आएको वाढीले वगाएको फुगाडको वेलिबृज पुल अझै पुनःनिमार्ण नभएका कारणले आजभोली नागरिकलाई आउजाउ गर्न निकै कठिन भएको हो ।
    खोलामा पानी वढेपछि सडक मर्मतका लागि राखिएको स्काभेटरले मालवहाक गाडी तार्ने गरेको छ भने यातायातका साधन तर्न नसक्ने भएकाले मानिसलाई बकेटमा राखेर वारपार गरिरहेको छ ।

    आईतवार पानी परेर खोलामा निकै ठुलो वाढी आयो । सडक समेत खोलावाटै भएकाले खोलाको छेउछाउमा सडक भत्कियो । यातायातका साधन खोलावाट आउजाउ गर्न नसक्ने भएपछि स्काभेटरले यात्रुलाई बकेटमा राखेर वारपार गराएको थियो । फुगाढ खोला नजिकै कृषि खेती गर्दै आउनु भएका रास्कोट ८ का प्रभाकर वरालले पानी परेको दिन सधैजसो यसैगरी यात्रुलाई ओसार्ने गरेको वताउनुभयो । उहाँले पुल कहिले वनाउने हो भन्दा नेपाली सेनाले कहिले एक पटक वनाईसकेकाले फेरि वनाउने जिम्मा नभएको भन्छ । कहिले समान आउदैछ, अव बन्छ भन्दै ११ महिना बितिसकेका छन । वर्षातको वाढीले वगाएको पुल अझै वनेको छैन । फेरि वर्षात सुरु भएर खोलामा पानी वढिसकेको छ ।

    आजभोलि पनि खोलावाट यातायातका साधन जान सक्दैनन । यता सडक निमार्ण गरिरहेको नेपाली सेनाको निमार्ण कार्यदलले भने पुल अव वनाउने तयारी भईरहेको वताएको छ । निमार्ण कार्यदलका प्रमुख मिलन कार्कीले पहिलो चरणमा पुल वनाउँदा १८ मिटरको मात्र दुरी थियो । अहिले वर्षातको वाढीले पुरै कटान गरेर वगर वनाएका कारणले ६० मिटर चौडा दुरी पुगेको छ । आफूहरु संग समान १८ मिटरको मात्र भएकाले पुल वनाउन फेरि वजेट चाहिने भएकाले अवको वजेटमा सरकारले सम्वोधन गरेमा मात्र पुल पुनः वन्ने उहाँको भनाई छ ।

    उहाँले अव सडकले पक्की पुल वनाउन तिर जोड दिनु नै फुगाड खोलाका लागि उपयुक्त हुने वताउनुभयो । तत्काल मानिसलाई आउजाउ गर्ने पुल भने वनाउनु पर्ने भएकाले स्थानीय तथा प्रदेश सरकारले बिषेश ध्यान दिन अनुरोध गर्नुभयो । बिदेशवाट पार्टपुर्जा मगाउनु पर्ने भएकाले पुनः वेलिबृज पुल वनाउनु भन्दा पनि पक्की पुलमा जोड दिनका लागि सडक डिभिजन कार्यालयसंग कुरा उहाँको भनाई छ ।
    कर्णाली करिडोरको फगाढ खोलामा पुल नहुँदा स्काभेटरले नागरिकलाई वारपार गरिदै ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images