गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट
  • SNN Nepal

  • गुल्मी । गुल्मीमा एक जना एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ। कोरोना संक्रमितहरुलाई ओसार्दै आएका २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको हो ।

    उनको टाउकोमा चोट लागेको छ । हाल उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

    रेसुंगा नगरपालिका- १ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले उनीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    चालक खत्रीलाई कुटपिट गर्ने बोहोरा फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकमाथि कुटपिट गरिनु निन्दनीय भएको संयुक्त एम्बुलेन्स चालक संघ गुल्मीका सचिव युवराज बस्नेतले बताए।

    उनले दोषीमाथि कारबाहीको माग राखेका छन् । घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images