नेपालीको हरेक अफ्ठेरोमा सदैव अग्रणी भुमिका खेल्छन् राना
  • SNN Nepal

  • पाल्पा । जब–जब नेपालमा संकट पर्छ त्यो चाहे नेपालमा नाकाबन्दी होस् चाहे त्यो भुकम्प होस् त चाहे कोरोनाको कहर, तब–तब नेपाल र नेपालीको भलोमा लाग्ने युवा हुन् पाल्पाका सन्दिप राना ।

     उनै राना यतिबेला भारतमा छन् । भारतमा कोरोनाले आक्रान्त पारेको छ तथापि राना नेपालमा कोरोना संक्रमण रोकथामको लागि अहिले भुमिका खेलिरहेका छन् ।
    जन्मभुमिमा परेको समस्यामा सदैव नजिकबाट नियाल्ने रानाले कोरोना संक्रमणलाई नियन्त्रण गर्न केन्द्र तहदेखि दैनिक घण्टौं समय जिल्लाबासी नेता अगुवा तथा संघसंस्थासँग फोनसम्पर्कमा रहन्छन् ।

    कोरोना संक्रमणले गाजेको नयाँदिल्लीमा अहिले पनि उनी राती १/२ बजेसम्म अफिसमै रहन्छन् । विहान सबैरे उठेर अफिस गएसँगै आफ्नो ठाउँको लागि आफुले सक्दो सहयोग गर्नुपर्छ भन्ने ध्येय उनमा रहन्छ । कार्यालयको काममा दत्तचित्त हुने रानालाई नेपालबाट जाने फोनले झस्काउछ र नेपालका लागि सक्दो भुमिका खेल्छन् । गृहजिल्ला पाल्पा मात्र होइन नेपालभर स्वास्थ्य सेवा नागरिकको पहुँचमा पु¥याउन साथै स्वास्थ्य सामाग्री नेपाल पठाउन उनी सरकारी तबरमा पनि नियमित समन्वयमा रहन्छन् ।

    No description available.

    गृह जिल्ला पाल्पाको कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहाकार समेत रहेका रानाले फाउण्डेशनको पहलमा सहर्ष भुमिका खेले र भारतमा समेत असहज परिस्थिति भइराख्दा समेत जिल्लाबासीको मायाँले स्वास्थ्य सामाग्री गृह जिल्ला पठाए । विदेशमा भएपनि हर नागरिकले सरल, सहज स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकार रहेको बताउने रानाले स्वास्थ्यकर्मी नै संक्रमणको चपेटामा परेर स्वास्थ्य सेवा दिन नसक्ने भन्दै संस्थाको अभियानलाई सफल बनाउन भारतबाट पिपिई सेट र मास्क पठाउने भुमिका खेले ।

     संस्थाले सल्लाहाकार रानाको सहयोगमा त्यहाँका सामाजिक संस्थाबाट पाल्पा जिल्लामा ५ सय सेट पिपिइई र ५ हजार थान मास्क ल्याएको हो । भारतमा कोरोना संक्रमणका संख्यामा त्यती कमी नहुनु र स्वास्थ्य सामाग्रीे देश बाहिर पठाउन असहज भइरहेका बेला रानाले भारतीय दुतावाससँगको समन्वयमा गाउँ ठाउका नागरिकको जिउधन जोगाउन जिल्लाका गाउँ गाउँमा पु¥याउने गरि स्वास्थ्य सामाग्री पठाउन पहल मिलाए । कालीगण्डकी फाउण्डेशनले जिल्लाको तानसेन नगरपालिका पाल्पा अस्पताल, रामपुर अस्पताल, माथागढी गाउँपालिका, निस्दी गाउँपालिका, पुर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका र रामपुर नगरपालिकामा स्वास्थ्यकर्मीहरुका लागि ४० देखि १०० पिस सम्म पिपिई सेट र मास्क बितरण गरेको छ ।

    No description available.

    युुवा नेता रानाले पाल्पा जिल्लामा अक्सिजनको अभावका बेला आफ्नै खर्चमा ५० वटा अक्सिजन सिलिण्डर पाल्पा भित्¥याए । जिल्लामा अक्सिजनको अभावमा अस्पतालबाट विरामी घर फर्काइरहेका बेला उनले पाल्पा काग्रेंस मार्फत जिल्लामा अक्सिजन उपलब्ध गराएका हुन् । युवाहरु माझ लोकप्रिय रानाले अझ पनि जिल्लामा अक्सिजन भरेर सहजता ल्याउने गरि समन्वय गरिरहेका छन् ।

                त्यसो त रानाले गतबर्षको कोभिडको समयमा पनि भारतमा अलपत्र परेका हजारौं नेपालीलाई सहयोग पु¥याएका थिए । भारतमा अलपत्र परेका नेपाली, भारत –नेपाल सिमामा अड्किएका नेपाली र जिल्लासम्म सुरक्षित पुग्न उनले भारत र नेपालका बिभिन्न निकाय र साथीसँगी संग समन्वय गर्दै नेपालीपनको आभाष ती यात्रीलाई दिलाए । युवा नेता समेत रहेका रानाले गतबर्ष घर जान भन्दै हिडेर हप्तादिनसम्म लकडाउनमा परी अलपत्र परेका ६५ जना नेपालीको टोलीलाई स्थानीय सरकारसँग बस्न खानको जोहो गरे । भारतीय प्रहरीको रहोवरमा गाडी खोजेर उनीहरुलाई नेपालको नाकासम्म आउने प्रबन्ध मिलाए । दिनैपिच्छे भारतका चोक–चोकमा छोडिएका रुमलिएका नेपालीहरुको रक्षाको लागि उनले भारतमा महत्वपुर्ण भुमिका खेले । उनीहरुको खान र बस्न त्यहाँको स्थानीय तहमा समन्वय गरे ।

                   लाखौ नेपाली भारतमा रोजगारीमा छन् । भारतमा कोभिडको महामारी देखिएसँगैं घर फर्किने नेपालीहरुको तछाडमछाड हुन्छ, अबस्था दयनीय हुन्छ तथापि समन्वयमा आउने र आफुले सम्पर्कमा भेट्ने जो कोहीलाई मरिमेटेर सहयोग गर्छन् उनी । पाल्पामा रानाको पहिचान फरक र लोकप्रिय छ । युवामाझ लोकप्रिय बनेका राना समय मिल्ने बित्तिकै नेपाल आउछन् । यहाँका राजनितिज्ञ, बिषयविज्ञ तथा संभावनाका बिषयमा जानकारहरुसँग बसेर छलफल गर्छन् । नेपालको राजनितिक र भारतिय राजनितिक बिषयलाई नजिकबाट नियालेका उनी राजनितिको नितिबाटै देशको आर्थिक समृद्धिका लागि अबको युग लाग्नुपर्नेमा जोड दिएका छन् ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images