प्रदेशका पूर्वप्रमुख मल्लको कोरोनाबाट निधन
  • SNN Nepal

  • काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको कोरोनाबाट निधन भएको छ ।

    कोरोना र निमोनियालगायतबाट पीडित उनको आज काठमाडौंको निदान अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    नेपाली कांग्रेसका नेतासमेत रहेका मल्ललाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । मल्ल २०७४ माघ ३ मा सुदूरपश्चिम प्रदेश प्रमुख बनेका थिए ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images