सहायक रथी केसीको कोरोना संक्रमणपछि निधन
  • SNN Nepal

  • काठमाडौँ– नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणपछि निधन भएको छ ।

    सैनिक अस्पताल छाउनीमा केसीको उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो ।

    सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति केसीको करिब एक महिनाअघिदेखि उपचार भइरहेको थियो ।

    काठमाडौं न्यूरोडका स्थायी बासिन्दा केसीका श्रीमती र दुई छोरी छन् ।

    केसीको निधनमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एक इमान्दार र विशिष्ठ सैनिक अधिकृत गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन् ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images