यौन हिंसाको आरोपमा गुम्बाका संरक्षक पक्राउ
  • SNN Nepal

  • धनगढी । यौन हिंसा गरेको आरोपमा प्रहरीले कैलालीको गोदावरी नगरपालिका, वनखेतस्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई पक्राउ गरेको छ । गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टले जानकारी दिनुभयो ।

    गुम्बामा रहेका केही बालिकाले संरक्षक लामाले आफूहरुमाथि यौन हिंसा गरेको सार्वजनिक रुपमा बताएपछि आज प्रहरी टोली गुम्बामा पुगेको थियो । २०६५ सालमा स्थापित उक्त गुम्बामा लामाले आश्रित बालबालिकालाई पढाउँदै आएका थिए ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images