अमेरिकामा कोरोना संक्रमित संख्या ३ करोड ३० लाख ९९ हजार नाघ्यो
  • SNN Nepal

  • काठमाडौँ । विश्वमा सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ३९ लाख ९९ हजार ६९० पुगेको छ ।

    बितेको २४ घण्टामा २४ हजार ३९३ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अवधिमा ६३० संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख ७ हजार ७२६ पुगेको छ ।

    अहिलेसम्म २ करोड ७७ लाख १ हजार ८७९ जनाले कोरोनालाई जितेका छन् ।

    अमेरिकामा अहिले ५६ लाख ९० हजार ७५ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये ६ हजार ५६१ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

    यो समाचार तयार पर्दा विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ९६ लाख १६ हजार ८१६ पुगेको छ ।

    त्यस्तै ३५ लाख २५ हजार ५०९ जनाले ज्यान गुमाएमा छन् ।

    अहिलेसम्म कोरोनालाई जित्नेको संख्या १५ करोड १४ लाख ५८ हजार ७०१ पुगेको छ ।

    विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ४६ लाख ३३ हजार ६०६ रहेको छ जसमध्ये ९७ हजार ९०२ को स्वास्थ्य अवस्था गम्भीर छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images