चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्नुपर्छ : सभापति देउवा
  • SNN Nepal

  • काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेरी अस्पताल बाँकेका डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन् ।

    बिहीबार बेलुकी आफन्तको मृत्युपछि डाक्टर र नर्समाथि ४र५ जनाको समूहले कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए । घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत लगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पतालले जनाएको छ ।

    सभापति देउवाले आज बिहान ट्वीट गर्दै अस्पतालका डाक्टर र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय भनेका छन् ।

    ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो । यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरू बिरामीको उपचारमा दिनरात खटेका छन्,’ देउवाले लेखेका छन् ।

    यो घटनाको तत्काल छानविन गर्न देउवाले सरकारसँग माग गरेका छन् । ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु,’ देउवाले भनेका छन्।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images