मिर्गौला पीडितलाई १६ लाख
  • SNN Nepal

  • तनहुँ । व्यास नगरपालिका–१ हाइस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मिर्गौला पीडित आशमाया तामाङ्लाई आर्थिक सहयोग गरेको छ ।

    क्लवका अध्यक्ष सनम तामाङ् र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेमार्फत शुक्रबार आशमायालाई रु. १६ लाख १५ हजार सहयोग गरिएको हो ।

    क्लबले टोल विकास संस्था, आमा समूह, महिला सञ्जाल, विभिन्न संस्था, विदेशमा रहेका शुभचिन्तकबाट सो आर्थिक सङ्कलन गरेको जनाएको छ ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images