स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज, जोगियो साढे ६ अर्ब रुपैयाँ
  • SNN Nepal

  • सांसदहरूको तजबिजीमा खर्च हुने स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज भएको छ ।

    स्रोतको अभाव भएको भन्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज गरिएको जानकारी दिएका हुन् । विज्ञहरूले पनि यो कार्यक्रम खारेज गर्न भनेका थिए ।

    पहिले बजेट छलफलका क्रममा राखिएको यो कार्यक्रम अन्तिम समयमा काटिएको थियो । यसअघि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले संसद विकास कोषअन्तर्गतको कार्यक्रममाका लागि ६ अर्ब ६० करोड बजेट विनियोजन गरेका थिए भने त्यसअघि आर्थिक वर्ष २०७६-७७ मा ९ अर्ब ९० करोड विनियोजन गरिएको थियो ।

    खतिवडाले आफ्नो पहिलो बजेटमा यो कार्यक्रम हटाउन प्रयास गरेर असफल भएपछि ४ करोडमा सीमित गरेका थिए । तर, सत्तारूढ दलबाट व्यापक आलोचना खेपेपछि दोस्रो बजेटमा २ करोड रुपैयाँ वृद्धि गरेर प्रतिनिधिसभाका निर्वाचित सांसदको तजबिजीमा चल्ने गरी ६ करोड रुपैयाँ रकम विनियोजन गरेका थिए ।

    चालु आर्थिक वर्षको बजेटमा कोरोना महामारीसँग जुध्न खडा गरिएको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम बढाउन यस्ता कार्यक्रम स्थगित गर्न प्रमुख प्रतिपक्षी दलले माग गरेको अवस्थामा रकम घटेको हो ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images