सरकारी स्वास्थ्य संस्थामा पत्रकारको नि:शुल्क उपचार हुने
  • SNN Nepal

  • काठमाडौँ । सरकारले आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रको आधारमा नि:शुल्क उपचार सुविधा दिने भएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले आज प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन ।

    आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था मिलाइएको  हो ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images