अमेरिकाको टेनिसीमा विमान दुर्घटनाग्रस्त, ७ जनाको मृत्यु
  • SNN Nepal

  • काठमाडौं । एउटा सानो सेस्ना जेट विमान संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना विमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ ।

    उद्धारकर्मीका अनुसार बिमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images