चुनाव खर्च साढे ३५ अर्ब, वैदेशिक ऋण पनि मागिने
  • SNN Nepal

  • काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषण गर्ने क्रममा बुँदा नम्बर ४२० मा भने, ‘प्रतिनिधिसभा र स्थानीय तहको आगामी निर्वाचनका लागि आवश्यक रकम विनियोजन गरेको छु ।’ सरकारले आगामी कात्तिक २६ गते र मंसिर ३ गतेका लागि प्रतिनिधिसभाको मध्यावधि निर्वाचन गर्ने मिति तोकेको छ । त्यसैगरी आगामी फागुनमा स्थानीय तहको आवधिक निर्वाचन गर्नुपर्नेछ । यिनै दुईवटा चुनावका लागि सरकारले साढे ३५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    यसअघि निर्वाचन आयोगका अधिकारीहरुले समग्र रुपमा दुईवटा चुनाव सम्पन्न गर्न करिब ७० अर्ब रुपैयाँ लाग्ने विश्लेषण गरेका थिए । तर, सरकारले यसको आधा रकम मात्रै दुईवटा चुनावका लागि छुट्याएको छ । सरकारले छुट्याएको यो रकममध्ये पनि केही रकम वैदेशिक ऋण खोजेर जुटाउनुपर्ने छ ।

     

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images