सुनसरी । १६५ किलो गाँजासहित सुनसरीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोसी गाउँपालिका–८, भान्टाबारी, पानीट्यांकीस्थित सडकबाट १६५ किलो अवैध लागुऔषध गाँजासहित सोही ठाउँ बस्ने ४० वर्षीय गणेश यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा निकालेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।