खानेपानी मन्त्रालय सचिव बाटअवकाश पाएलगत्तै ई.माधव बेल्बासे लोक सेवाआयोगको सदस्यमा सिफारिस
  • SNN Nepal

  • काठमाडौँ–उमेरहदका कारण खानेपानी मन्त्रालय सचिव पदबाट अवकाश पाएलगत्तै ई. माधव बेल्बासे लोक सेवा आयोगको सदस्य हुने भएका छन् । संविधानको धारा २४२ को उपधारा ३ ले गरेको व्यवस्थाअनुसार उनी लोक सेवा आयोगमा सिफारिस भएका हुन् ।

    उपधारा ३ मा लोक सेवा आयोगका सदस्यहरूमध्ये कम्तीमा ५० प्रतिशत सदस्य २० वर्ष वा सोभन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिहरू मध्येबाट र बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्तिहरू मध्येबाट नियुक्त हुनेछन्, भन्ने कुरा उल्लेख छ । बेल्बासेले अब सोही धाराको उपधारा ४ बमोजिक ६ वर्ष लोकसेवामा सेवा गर्नेछन् ।

    ३३ वर्ष ३ महिना र २० दिन (अस्थाई समेत) निजामती सेवामा बिताएका बेल्बासेले करिब २ वर्ष सो मन्त्रालयमा बिताएका थिए । मेलम्ची खानेपानी आयोजना सम्पर्क गर्नमा उनको पनि महत्वपूर्ण भूमिका रहेको मानिन्छ ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images