विपन्न र मजदुरकाे साहारा स्मार्ट युवा क्लब
  • दिपेन्द्र खत्री

  • अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका वडा नंबर २ मा सञ्चालन भएको स्मार्ट युवा क्लब ले आज एक कार्यक्रममार्फत पहिलो चरणको राहत वितरण गरेको छ । वडा भित्रका विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिएको हो । स्मार्ट युवा क्लबले उनीहरूलाई आ–आफ्नै मापदण्ड बनाएर राहत दिएका हुन् । ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्‍न परिवारलाई अवस्था र परिवार संख्या हेरेर राहत वितरण गरिएको क्लबका अध्यक्ष प्रदिप गौतमले जानकारी दिए।

    No description available.

    कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय अर्घाखाँची निषेधाज्ञा जारी गरेपछि समस्यामा रहेका गरीब तथा अति बिपन्न १० घर परीवारलाई क्लबले राहत बितरण गरेको हो । स्मार्ट युवा क्लब अध्यक्ष प्रदिप गौतमको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमले वडा भित्र रहेका गरीब तथा अति बिपन्न १० घर परीवारलाई एक कट्टा चामल, एक लिटर तेल, एक प्याकेट नुन, २ केजी को दरले दाल र स्वास्थ्य सामाग्री बितरण गरीएको क्लबका सचिव सन्तोष बरालले जानकारी दिए ।

    No description available.

    कार्यक्रम प्रभावकारी रुपमा समापन भएपनि वडाका जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी हरुलाई राहत वितरण कार्यक्रममा सहयोग गर्न क्लबले आह्वान गरेको र राहत वितरण कार्यक्रममा कुनै पनि संघ संस्था,समाजसेवी ,जनप्रतिनिधि ,बुद्धिजीवी हरुले सहयोग नगरेकोले क्लबका अध्यक्ष द्वारा दुख व्यक्त गरे ।

    No description available.

    यस अघि पनि क्लबले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिदै जाने क्लबका कोषाध्यक्ष विनोद के।सी ले वताए,साथै कोरोनाको भयवह अबस्थामा पनि वडा भित्रका नागरिकलाई जस्तोसुकै समस्या परे पनि सहयोग गर्ने र जनसमुदायमा राहत वितरण गर्ने सम्म प्रतिबद्धता व्यक्त गरे ।No description available.

    कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी देशमा निषेधाज्ञा जारी छ,जसका कारण कुनै मानवीय क्रियाकलाप सौहार्द रुपमा सुचारु हुन सकेको छैन् ।दिनमा काम गरेर साँझ छाक टार्ने अति विपन्न परिवारमा चुलो बोल्न छाड्दै गएको छ ।कत्तै रोगले भन्दा पनि भोकले ति विपन्न परिवारले अकालमा ज्यान गुमाउनुपर्ने त होइन भन्ने चिन्ता र भिभिर्को उब्जीएको छ । तर यता स्मार्ट युवा क्लबको यस्तो कार्य देख्दा कता कता वडा बासीले भोकले मर्न नपर्ने आशा पलाएको आम नागरिकको बुझाई छ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images