कपिलवस्तुमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप
  • SNN Nepal

  • कपिलवस्तु । कपिलवस्तुमा जेठ २४ गतेसम्म लकडाउन थप भएको छ । आइतबार बसेको डिसिएमसीको बैठकले पुनः जेठ २४ गतेसम्म लकडाउन थप गरेको हो । जिल्लामा कोरोनाका संक्रमित बढ्दै गए पछि गत बैशाख २१ देखि लकडाउन हुँदै आएको छ ।

    आइतबार थपिएको लकडाउन चौथो पटक प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । पछिल्लोपटक थपिएको लकडाउन आज राती १२ बजे सकिँदै थियो । कपिलवस्तुमा पछिल्लो समय कोरोना संक्रमित संख्या घट्दै गएको छ ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images