अर्घाखाँची । शितगंगा नगरपालिकामा विभिन्न वाड्मा व्यावसायि ट्नेल खेती गर्दै आएका किसानलाई लगतार ७० घन्टाको हावाहुरि सहित बर्षातका कारण पुर्ण क्षेती भएको जानकारी प्राप्त भएको छ।
पछिल्लो समयमा टमाटर खेतीमा जिविको पार्जन गर्दै व्यावसायिक खेती गर्दै गरेका शितगंगाका किसानहरुले लगाएको ठुलो परिमाणको टमाटर बाली हाबाहुरीले नोक्सान गरि दिएको छ । बिहिवार देखि शुक्रबार सम्म आएको हावाहुरी सहित पानीले किसानका टमाटरको टनेल सहित नगदे बालीमा क्षति पुर्याइ दिएको हो । किसानलाई माथि उठाउन,कृषि पढेका युवालाई उद्यमशिलता अन्तरगत अर्घाखाँची कृषि ज्ञान केन्द्र आर्थिक सहयोग र शितगङ्गा नगरपालिको समन्वयमा लगानी निर्माण र दाह्री भाई कृषि फार्म दमार खोलामा सञ्चालीत दुईलाख पचास हजार लागतमा निर्माण गरेको थाई टनेल फार्ममा शुक्रबार दिउसो आएको हावा हुरीले क्षति हुँदा फलिरहेको टनेलमा गरिएको टमाटर खेतीमा करिब दुईलाख बडीको क्षति पुगेको छ ।
लोकल कुखुराको टहरा हावाले उडाएर सत्यनास पाएको फ्राम संचालक रमेश घिमिरेले बताए। लकडाउनले गर्दा मैले निर्माण गरेको अनुदानको टनेको भुक्तानी समेत नलिएको बताएका छन। तेस्तै न्यु भिजन अर्गानिक फार्ममा पनि सात ओटा अस्थायि टनेल पुर्णक्षेती भएको छ। साथै लोकल कुखुराको ३ ओटा खोर टहरा भताभुङ्ग पारेको छ।
१५ /२० ओटा कुखुरा हावाले उडाएर हराएको चिसोले मरेका थिए। जनतन कुखुरा जोगाउन सफल भएको फार्म संचालक केशब खनालले बताए।ऐलेपनि बिक्री गर्ने कुखुरा दुईहजार भन्दा धेरै रहेको बताए । सञ्चालित फार्ममा गरिएको खेतीमा भएको क्षतिका विषयमा सम्बन्धित निकायमा जानकारी गराउने र क्षतिपुर्तिका लागि प्रयास गर्ने शितगङ्गा कृषि शाखाका अधिकृत अनिल शर्मा बताए । शर्मा आज शितगङ्गा २ सितापुरमा रहेका विभिन्न फार्म आफैले स्थलगत अनुगमन समेत गरेका छन।
उक्त फार्म सामुहिक लगानिमा गरिएको करिब २ बर्ष अघि न्यु भिजन फार्मिङ्ग निर्माण गरि ओन्सरि जातको टमाटरको अर्गानिक खेती शुरु गरिएको थियो । उक्त अर्गानिक खेतीबाट एक मौसममा करिब ३ लाख भन्दा बढिको उत्पादन लिन सकिने किसान खनालले बताउनु हुन्छ । तेस्तै लोकल कुखुरामा बार्षिक २० देखि ३० लाख सम्मको कारोबार भै रहेको खनालले बताएका थिए। तेस्तै शितगङ्गा नगरपालिका वाड न १ सुवर्णखालमा कृष्ण प्रसाद घिमिरेको पनि एउटा टनेलमा लगाएका टमाटर लगाएकै ठाउमा निसानै नरहेको बताए।
तेस्तै भुवनपाटा शंकर खत्रीको ६ ओटा अस्थायी टनेल जरै देखि बोकेर खोलामा पुर्याएको भन्दै गुनासो गरेका थिए। बन्दागोपि खेतै भरी छ लकडाउनले बिक्री भएको छैन बारिमै फुटेर नोक्सान भएको बताए । सितापुर बजार नजिकै रहेको दाह्री दाईको अर्गानिक फार्ममा ५ ओटा अस्थायी टनेल हावाले तहस नहस पारेको बिक्री गरि रहेको काक्रो, लौका,सेमि, बोडि,हावाले उडाएर अर्को ठाउमा पुर्याएको छ। टमाटर उत्पादनबाट केहि दिनमै लाखौ रुपैयाँको आम्दानी लिने आशमा आफ्नो श्रम र खेताला समेत लगाएर गरिएको तरकारी खेतीमा आफु सफल हुदाहुदै पनि हावा हुरीका कारण अकस्मात टनेल लड्दा एकबोटमा करिब पाँच किलो देखि दश किलो फल्ने गरेको फार्म संचालक जनक केसिले सुनाएका थिए।
तरकारी खेतीकालागि निर्माण गरिएको टनेल हावाले लडाउदा टनेल भित्र रहेका फलिरहेका सबै टमाटरका बोटहरु लडेका छन् भने वरिपरि लगाइएको किटनासक जाली समेत च्यातिएको छ । यस्तो क्षतिलाई मध्यनजर गर्दै बालि विमा, क्षति पुर्तिको व्यावस्था लगायतका काममा स्थानीय सरकार लगायतका सरोकारवाला निकाय लाग्न सकेमा किसानको श्रम खेर जाने थिएन ।
किसानलाई आर्थिक उपार्जनमा जोडर व्यावसायि तरकारी खेतीबाट स्वच्छ उत्पादन गर्दै नगरबासिहरुलाई अर्गानिक उत्पादन दिने उद्धेश्यले शुरु गरिएको टनेल खेती लगायत नगदेबालीको क्षतिलाई मध्यनजर गर्दै सरोकारवालाहरुले किसानलाई क्षतिपुर्तिको व्यावस्था गरेमा किसानको मेहनेत खेर नजाने देखिन्छ । शितगङ्गा नगरपालिका मासुमा आत्मनिर्भर भएको तथ्यांकले देखाएको छ। स्थानिय सरकारले सपोर्ट गर्ने हो भने ऐले युवा कृषकहरुले आधुनिक प्रबिधि भित्राएर नगदेबाली लगाएत तराकारी खेती गर्ने सोच बनाएको देखिन्छ।