आजका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान ११ बजे बस्ने
  • SNN Nepal

  • आजका लागि बोलाइएको नेकपा (एमाले) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बस्ने गरी बोलाइएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

    एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको जानकारी दिए । आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन पनि हुँदैछ ।

    यसअघि आइतबार साँझ ५ बजे तय गरिएको बैठक आज बिहान १० बजेका लागि सारिएको थियो ।

    बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images