हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु
  • SNN Nepal

  • मकवानपुर । कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ ।

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा। सागर काफ्लेले जानकारी दिए ।

    मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ की ६४ वर्षकी महिला, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ का ६० वर्षका पुरुष र सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर–४ का ९२ वर्षका बृद्ध रहेको डा। काफ्लेले बताए ।

    मृतक महिलाको आइतबार दिउँसो ४ बजेर ५ मिनेटमा मृत्यु भएको हो भने हेटौंडाका पुरुषको राति ८ बजे र सर्लाहीका पुरुषको राति करिव ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    केही दिन अघि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको र स्वास्थ्यमा श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनीहरुको अस्पतालले संचालन गरेको कोभिड–१९ उपचार कक्षको आइसियुमा भर्ना गरेर उपचार भइरहेको थियो ।

    यससँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा हालसम्म ६२ जनाको मृत्यु भइसकेको छ ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images