एमाले स्थायी कमिटी बैठक स्थगित
  • SNN Nepal

  • काठमाडौं । सत्तारुढ नेकपा एमालेको आज विहान १० बजे बोलाइएको स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । लुम्बिनीमा आज हुन लागेको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारीका लागि बैठक स्थगित गरिएको बताइएको छ ।

    यसअघि हिजो साँझ ५ बजेका लागि बोलाइएको बैठक आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

    भोलि बालुवाटारमा बस्ने बैठकले लुम्बिनीमा आज हुने राष्ट्रियभा उपनिर्वाचनसहित पछिल्लो राजनीतिक स्थिति तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणबारे निर्णय वा कारबाही गर्नेछ ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images