बलिउडमा अमिताभको ५२ वर्ष पुरा
  • SNN Nepal

  • मुम्बई– बलिउडका ‘शहंशाह’ अमिताभ बच्चनले सोमबार सोमबारबाट बलिउडमा ५२ वर्ष पुरा गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो फिल्मी यात्राको तस्वीर शेयर गरेका छन् ।

    एबीपी लाइभका अनुसार उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अमिताभले आफ्नो फिल्मी करियरको सुरुवात फिल्म ‘सात हिन्दुस्तानी’बाट गरेका हुन् ।

    उनले राखेको तस्वीरमा हालसम्म अभिनय गरेको प्रमुख फिल्मको चरित्रलाई राखिएको छ । तस्वीरमा ‘सात हिन्दुस्तानी’ देखि लिएर रिलिज हुन लागेको उनको फिल्मसम्म राखिएका छन् ।

    ‘५२ वर्ष । राम्रो । यो संकलनका लागि धन्यवाद’, उनले लेखेका छन्, ‘अहिले पनि सोचिरहेको छु यो कसरी भयो ।’ उनको पोस्टमा लाइक र कमेन्टको क्रम बढ्दो छ ।

    अमिताभ १५ फिल्म फेयर अवार्ड, ४ आइफा अवार्ड र पद्म श्री विभूषणबाट विभूषित तथा पुरस्कृत भइसकेका छन् ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images