मन्त्रिपरिषद् बैठक बस्दै
  • SNN Nepal

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

    मन्त्रिपरिषद्को नियमित बैठक बेलुकी ५ बजे बस्ने कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो । बैठकले कोभिड–१९ लगायतका विषयमा छलफल गरेर थप निर्णय लिने बताइएको छ ।

    अहिले बालुवाटारमा प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्नुभएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहितको छलफलले जसपा सरकारमा जाने र मन्त्रालय बाँडफाँडको तयारी रहेको स्रोत बताउँछ ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images