सेती अस्पतालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
  • SNN Nepal

  • कैलाली । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको परीक्षण थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ८१ नमुनाको परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

    जसमध्ये २ सय ४३ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटी लाई जानकारी दिए । अस्पतालमा अहिलेसम्म मृत्यु हुनेको संख्या १६७ पुगेको छ उपचाररत बिरामी ५१ जना रहेका छन् । कोरोनाको दोश्रो लहर सुरु भएयता सो अस्पतालबाट निको हुने बिरामीको संख्या ९ सय १ रहेको छ ।

    अस्पतालका अनुसार हालसम्म १ लाख ४ सय २७ जनामा पिसिआर परिक्षण गर्दा १७ हजार ७ सय ४ जनामा कोरोना पाजेटिभ पुष्टी भएको छ भने ८२ हजार ७ सय २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images