२४ घण्टामा ४७६२ संक्रमित थपिए, ६४९१ निको
  • SNN Nepal

  • काठमाडौ । पछिल्लो २४ घण्टामा ४७६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै ६४९१ जना संक्रमणमुक्त भएका छन् । यस्तै ११४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १७ हजार ४८० जनामा परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगको छ । यस्तै सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० जना रहेको छ ।

    हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७३८६ रहेको छ ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images