वीरको नयाँ भवनमा कोभिडका बिरामी राख्‍न थालियो
  • SNN Nepal

  • काठमाडौँ ।वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिडका बिरामीको उपचार सेवा सुरु भएको छ । मंगलबारदेखि ५० शय्यामा बिरामी राख्न थालिएको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमले जानकारी दिए।

    ‘आजदेखि बिरामी राख्न सुरु गरेका छौँ’, उनले भने, ‘केन्द्रीय अस्पताल भनेको छ । बिरामीको उपचार गर्ने हो ।’ यसअघि अक्सिजनको अभाव देखाउँदै उक्त भवनमा वीर अस्पतालको नेतृत्वले बिरामी राख्न मानेको थिएन ।

    बिरामी नराखेपछि स्वास्थ्य मन्त्रालय र वीर नेतृत्वबीच तिक्तता बढेको थियो । हाल मन्त्रालयले नै वीर अस्पताललाई मातहतमा ल्याएर कोभिडका बिरामीको उपचार सुरु गरेको हो ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images