गृह मन्त्रालयले गर्‍यो प्रहरी इन्स्पेक्टर थापालाई बर्खास्त
  • SNN Nepal

  • काठमाडौँ । जानकारी नदिई लामो समयसम्म कार्यालयमा उपस्थित नभएको आरोपमा गृह मन्त्रालयले एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर )लाई बर्खास्त गरेको छ । नर्सिङ इन्चार्जका रुपमा प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत इन्स्पेक्टर लक्ष्मी थापालाई गृह मन्त्रालयले सेवाबाट हटाएको हो ।

    प्रहरीका अनुसार गत पुस २३ गतेदेखि एक महिना घर बिदामा बसेकी उनी त्यसयता सम्पर्कविहीन भएपछि उनलाई सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सूचना समेत प्रकाशित गरेको थियो । उनले कुनै जवाफ नदिएपछि अघिल्लो साता सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images