बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ
  • SNN Nepal

  • मकवानपुर । आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले मकवानपुरबाट एक जनालाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर ६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राजुले ती बालिकालाई आफ्नै घरमा फकाएर लगेका थिए। उनले घरमा लगेर यौन दुर्व्यवहार गरेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको कार्यालयले जानकारी दिएको छ।

    यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images