लुम्बिनीमा प्रदेशसभाको बजेट अधिवेशन : मुख्यमन्त्रीको नियुक्तिबारे प्रश्न उठाउने विपक्षीकाे तयारी
  • SNN Nepal

  • लुम्बिनी। लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन अर्थात् बजेट अधिवेशन आज सुरु हुँदैछ । प्रदेश प्रमुख धर्मनाथ यादवले आज दिउँसो १ बजेका लागि प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरिसकेका छन् ।

    प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा प्रमुखले सभा सञ्चालनसम्बन्धी पठाएको पत्र पढेर सुनाउने, मन्त्रिपरिषद् हेरफेरको जानकारी गराउने, प्रदेशसभाका दुई सदस्यले पदबाट दिएको राजीनामासम्बन्धी जानकारी र दलका प्रमुख नेताहरूले शुभकामना दिनेलगायत कार्यसूची छ ।

    बैठकमा प्रमुख प्रतिपक्षसहितको विपक्षी गठबन्धनले सरकार गठनको वैधानिकताबारे प्रश्न उठाउने नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दीन खानले बताए ।

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images