काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई ११ दिन थप भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार भएको बैठकले निषेधाज्ञा ११ दिन थप गर्ने निर्णय गरेको हो ।
थप गरिएको निषेधाज्ञा केही खुकुलो हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
अब खाद्य, तरकारी तथा फलफूल पसलहरु बिहान ९ बजेसम्म खोल्न पाइने छ । विकास निमार्णको सामग्री राति ओसार पसार गर्न दिइने र मजदुरहरुलाई दिउँसो बस्ने व्यवस्था मिलाइने निर्णय भएको भट्टराईले बताए ।