साउन अन्त्यसम्म सबै परीक्षा सक्ने त्रिविको तयारी
  • SNN Nepal

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयले साउनको अन्त्यसम्म सबै रोकिएका परीक्षा सक्ने तयारी गरेको छ । गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको उपकुलपति धर्मकान्त बासकोटाले बताउनुभयो ।

    बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आ–आफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images