लुम्बीनीमा विपक्षीकाे रणनीति : शंकर पोखरेललाई अवैधानिक मुख्यमन्त्री भन्ने तर बजेट छलफलमा अवरोध नगर्ने
  • SNN Nepal

  • लुम्बिनी । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशनअन्तर्गत दोस्रो बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची छ ।

    हिजो मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेको विपक्षी गठबन्धनले आज पनि सरकारको विरोध गर्ने तर बजेट छलफलमा भाग लिने तयारी गरेको छ । गठबन्धनले विरोध गरे सत्ता पक्ष संसद् छलेर जान सक्ने भएकाले बैठकलाई अवरोध नगरी छलफलमा भाग लिने र बजेटलाई फेल गराउने रणनीति विपक्षी गठबन्धनको छ ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दीन खानले आज बजेटको नीति र सिद्धान्तको छलफलमा भाग लिने बताए । उनले विपक्षी गठबन्धन निती कार्यक्रम र बजेटलाई फेल गराउने रणनीतिमा भएकाले संसदमा त्यहीअनुसार प्रस्तुत हुने बताए । ‘हामी विधि र प्रक्रियाअनुसार संसदमा प्रस्तुत हुन्छौँ । बजेट, नीति कार्यक्रम फेल गराउछौँ । त्यसपछि सरकारमाथि दबाब बढाउछाैँ’, उनले भने ।

    उनले अविश्वासको प्रस्ताव टेबुल गराउने विषयमा भने अहिल्यै केही भन्न नसकिने बताए ।

    माओवादी केन्द्रका सचेतक तुलाराम घर्तिले विपक्षी गठबन्धनले विरोध गरेमा त्यही बाहानामा सरकारले अत्याधेशमार्फत बजेट ल्याउन सक्ने भएकाले बैठकमा अवराेध नगर्ने बताए । तर बजेट पास गराउन नदिने उनको भनाइ छ ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images