माधव नेपाल पक्षकाे केन्द्रीय कमिटी बैठक बस्दै, नयाँ पार्टीबारे छलफल हुने
  • SNN Nepal

  • काठमाडौं ।  नेकपा एमालेबाट निष्कासित नेता माधव नेपालले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूसँग छलफल गर्दैछन् । भर्चुअल माध्यमबाट कुराकानी गर्नेगरी आज बिहानका लागि उनले बैठक बाेलाएका हुन् ।

    नेता युवराज ज्ञवालीका अनुसार जुममार्फत आज बिहान ११ बजे बैठक सुरु हुने छ ।

    नेता नेपालले एमाले अध्यक्ष केपी ओली सुध्रिने कुनै संकेत नरहेको भन्दै छिट्टै नयाँ पार्टी घोषणा हुने बताएलगत्तै केन्द्रीय सदस्यहरूसँग छलफल गर्न लागेका हुन् । नेपाल पक्षका एक नेताका अनुसार बैठकमा नयाँ पार्टी र आगामी कदमबारे छलफल हुने छ ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images