गाेकर्ण विष्ट भन्छन्, ‘मेराेबारे गलत प्रचार भयाे, म त एमाले एकताकाे प्रयासमा छु
  • SNN Nepal

  • काठमाडौं ।   एमाले नेता गोकर्ण विष्टले आफ्नाबारे भ्रमपूर्ण प्रचार भएको भन्दै दुःख व्यक्त गरेका छन् । आज फेसबुकमा एक स्टाटस शेयर गर्दै विष्टले आफू एमाले एकता जोगाउन प्रयासरत रहेको पनि उल्लेख गरेका छन् ।

    ‘नेकपा एमालेको एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नामसमेत जोडेर केही सञ्चारमाध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन्’, विष्टले लेखेका छन्, ‘एकताका लागि गरिएका इमानदारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला ।

    पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २ जेठ २०७५ को पूर्ववत् अवस्थामा फर्काउन लागिपरेकाे उनकाे भनाइ छ । ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशासहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो’, विष्टले भनेका छन्, ‘हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images