बेलायती पत्रिकाहरूले नेपालबारे लेखे हावादारी खबर, डब्लूएचओले गर्‍यो खण्डन
  • SNN Nepal

  • बेलायती सञ्चारमाध्यमले नेपाली प्रजातिको कोरोना भाइरस युरोपेली मुलुकमा फैलिएको सनसनीपूर्ण खबर संप्रेषण गरेका छन् ।

    बेलायती सञ्चारमाध्य डेली मेल, दी टेलिग्राफ र इन्डिपेण्डेन्टले कोराेना भाइरसको नेपाली प्रजाति भेटिएकाे भन्दै अाधारहीन समाचार प्रकाशन गरेका थिए । डेली मेलले त नेपालको भेरियन्टको कारण बिदा समेत प्रभावित भएको लेखेका छन् ।

    नेपालमा नयाँ भेरियन्ट नभएको बरु युके भेरियन्ट र डेल्टा भारतीय भेरियन्ट सक्रिय रहेको स्वास्थ्य मन्त्रलायले बताइरहेका बेला बेलायती सञ्चारमाध्यामले भने नेपाली भेरियन्टको चर्चा चलाएका छन् ।

    स्वाथ्य मन्त्रालयले अल्फा र डेल्टाबाहेक नयाँ भेरियन्ट पत्ता नलागेको बताइरहेको छ । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा अल्फा, डेल्टा र कम्पा भेरियन्टमात्र देखिएको र हाल डेल्टा भेरियन्टमात्रै सक्रिय रहेको बताएको छ ।

    नेपालमा अहिलेसम्म देखिएका कोरोना भाइरस भने आयतितमात्रै हुन् । नेपालभित्र म्युटेशन भएर नयाँ भाइरस विकसित भएका छैनन् । यस्तो अवस्थामा पनि बेलायती सञ्चारमाध्यमले कुन भाइरसलाई नेपाली प्रजातिको भन्न खोजका हुन् प्रष्ट उल्लेख गरेका छैनन् ।

    स्वास्थ्य मन्त्रालयले बेलायतको स्वास्थ्य नियामक निकाय आइएचआरलाई पनि पत्र भने लेखिसकेको छ, यद्यपि त्यसको जवाफ आइसकेको छैन ।

    विश्व स्वास्थ्य संगठनले पत्रिकाहरूकाे दाबी अाधारहीन भन्दै खन्डन गरेकाे छ ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images