अब ट्रमा सेन्टरले कोभिडका नयाँ बिरामी नलिने, चोटपटकै उपचार गरिने
  • SNN Nepal

  • काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले कोभिडको नयाँ बिरामी नलिने भएको छ । वीर कोभिड युनिफाइड अस्पताल सुरु हुनासाथै कोभिड संक्रमितको चाप घटेकाले ट्रमा सेन्टर अब ननकोभिडकै सेवामा लाग्ने ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले बताए ।

    ‘कोभिड १९ को संक्रमण पनि घट्न थालेको छ । अब वीर कोभिड यूनिफाइड पनि सुरु भएको छ । हामीले संकटको बेलामा कोभिडका बिरामी राखेका थियौँ । अब बिरामीको संख्या पनि घटिरहेकाले चोटपटककै बिरामीहरू लिन्छौँ’, डा. सन्तोषले भने ।

    त्यसो त हाल पनि ट्रमा सेन्टरमा ६४ जना संक्रमितको उपचार भइरहेको छ । इमर्जेन्सी वार्ड भने खाली भएको छ । भएका बिरामीहरूलाई उपचार गरी घर पठाउने र नयाँ बिरामी नथप्ने निष्कर्षमा अस्पताल पुगेको छ ।

    ‘भएका बिरामीको पूर्ण उपचार सकिन कम्तीमा ३ हप्ता लाग्न सक्छ’, संक्रमितको उपचार सकिएसँगै पूर्ण रूपमा ननकोभिडको उपचारमा लाग्ने डा. सन्तोषले बताए ।

    वैशाखको तेस्रो सातामा उपत्यकामा कोभिड–१९ को उच्च संक्रमण पुगेको बेला संकट व्यवस्थापन गर्न राष्ट्रिय ट्रमा सेन्टरले २६ वैशाखमा २०० शैय्याको बेड राखी कोभिडको उपचार सुरु गरेको थियो ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images