शिकार खेल्दा साथीको ज्यान गयो, चार जना बन्दुकसहित समातिए
  • SNN Nepal

  • मोरङ । ज्यानसम्बन्धी कसूरका फरार चार जना अभियुक्तलाई प्रहरीले चार थान बन्दुकसहित पक्राउ गरेको छ । ज्यानसम्बन्धी मुद्दामा फरार रहेका मोरङको केराबारी गाउँपालिका–३ का ४४ वर्षीय डिकबहादुर राई, सोही ठाउँका ३६ वर्षीयय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बूलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

    ८ वैशाख मा १० जनाको समूह बनाइ स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएका उनीहरूमध्येका गजेन्द्र राईले प्रहार गरेको बन्दुकको गोली लागि हस्तकुमार राईको मृत्यु भएको थियो ।

    सो घटनामा प्रहरीले भोलिपल्टै एक थान भरुवा बन्दुकसहित स्थानीय रुबिन लिम्बू र गजेन्द्रबहादुर राईलाई घरबाटै पक्राउ गरेको थियो । सोही घटनामा फरार रहेका चार जनालाई प्रहरीले चार थान भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    पक्राउ गरिएका अभियुक्तहरूको बयानको आधारमा प्रहरीले घटना भएको जंगलमा माटोमुनि लुकाइ राखेका चार थान भरुवा बन्दुकसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images