प्रदेश १ मा २४ जेठका लागि बोलाइयो बजेट अधिवेशन
  • SNN Nepal

  • प्रदेश १ मा २४ जेठका लागि बजेट अधिवेशन बोलाइएको छ ।

    प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन २४ जेठ दिउँसो २ बजेका लागि आह्वान गरेका हुन् ।

    यसअघि बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले २४ जेठमा बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन बोलाएका हुन् ।

    प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आव्हानको पत्र प्राप्त भएपछि प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ९ बमोजिम

    सूचना प्रकाशित गरिसकिएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए ।

    हेर्नुस् अधिवेशन आह्वानको पत्र 

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images