कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्बियो
  • SNN Nepal

  • कञ्चनपुर । कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ मसान्तसम्मका लागि लम्बिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बिहीबार बसेको बैठकले ३१ जेठसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।

    कोरोना रोकथामका लागि जारी गरिएको निषेधाज्ञा ३१ जेठ राति १२ बजेसम्मलाई निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । पहिलो पटक १६ वैशाखमा कञ्चनपुरमा निषेधाज्ञा गरिएको थियो । जिल्लामा यो छैठौं पटक गरिएको निषेधाज्ञा हो ।

    कोभिड १९ को संक्रमण कञ्चनपुरमा उच्चदरमा फैलिँदै गएको सन्दर्भमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयको आधारमा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए ।

    अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन र हिँड्डुल गर्न नपाइने भएको छ । त्यस्तै पार्टी, प्यालेस, सभाहल, गोष्ठी, कार्यक्रम, सिनेमा हल ब्युटीपार्लर, शैलुन, जिमखाना, मसुहमा खेल, संग्राहालय आदि सञ्चालन गर्न नपाइने भएको छ ।

    आइतबार र  बुधबार बिहान ६ देखि ९ बजेसम्म मात्र खाद्यान्न, तरकारी, दूध डेरी र मासु पसल खोल्न पाइनेछ । यस्तै, बैंकको हकमा पनि आइतबार र बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images