प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त
  • SNN Nepal

  • काठमाडौँ । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त भएका छन् ।

    बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।

    काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी वरालको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दामा परेपछि यसबीचका किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक भएर काम गरेका थिए ।

    उनको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई नियुक्त गरेको हो ।

    कान्तिपुर दैनिकमा लामो समय काम गरेका बस्नेत नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images