माओवादीका जिल्ला नेता तामाङको निधन
  • SNN Nepal

  • सिरहा । नेकपा माओवादी केन्द्रका जिल्ला नेता विष्णुबहादुर तामाङ को निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ का ७८ वर्षीय तामाङको उपचारको क्रममा बिहीबार निधन भएको हो ।

    कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका उनको उपचारको क्रममा दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको जनाइएको छ । उनको शव गृह जिल्लास्थित घर ल्याउने काम भइरहेको कर्जन्हा नगरपालिका ५ का वडा अध्यक्ष भुषण खातीले जानकारी दिए । उनको शव शुक्रबार बिहानमात्र दाहसंस्कार गर्ने उनले बताए ।

    तामाङ २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images