बेलायती महारानी एलिजावेथ द्वितीयले अमेरिकी राष्ट्रपतिलाई भेट्ने
  • SNN Nepal

  • एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई भट्ने भएकी छन् । उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् । बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, “महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल बाइडेन समेत सहभागी हुनुहुनेछ ।”

    अमेरिकी राष्ट्रपति वाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने कार्यक्रम रहेको छ । सोही अवसरमा उनले बेलायती महारानीलाई भेट्नुहुने भएको हो । राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पतीको यो पहिले विदेश भ्रमण हुने राष्ट्रपति कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

    विश्व राजनीति र अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने जी–७ को सम्मेलन यही जुन ११ देखि १३ सम्म हुने तय भएको छ । सम्मेलनमा अन्य देशका पनि शीर्ष नेताहरु सहभागी हुने सुनिश्चित भइसकेको सम्मेलनका व्यवस्थापकहरुले जनाएका छन् ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images